|

काठमाडौं : प्रतिनिधसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर १० र २१ गते दुई चरणमा भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। समानुपातिकको मतगणना अन्तिम चरणमा पुग्न लाग्दा ५ दलले मात्रै थ्रेसहोल्ड पार गरेका छन्। 

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना कार्य सकिएको छ। बाँकी चार जिल्लाको मतगणना जारी रहेको छ। सुनसरीको क्षेत्र नम्बर २ र ३, सर्लाहीको क्षेत्र नम्बर २ र ३, सुर्खेतको क्षेत्र नंम्बर १ र कैलालीको क्षेत्र नम्बर १ को मतगणना जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ८८ लाख ३५ हजार ८६८ मतगणना सम्पन्न भएको छ। यो संख्यामा मतगणना सकिएको अवस्थामा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। जसमा नेकपा एमालेले ३० लाख १२ हजार मत, नेपाली कांग्रेसले २९ लाख ३९ हजार, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ११ हजार, संघीय समाजवादी फोरम, नेपालले ४ लाख २६ हजार, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख १ हजार मत प्राप्त गरेर थ्रेस होल्डको सीमा पार गरेका छन्।

त्यस्तै, विवेकशील साझा पार्टीले २ लाख, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २८०, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८४ हजार, नयाँ शक्ति पार्टी, नेपालले ७८ हजार, नेपाल मजदुर किसान पार्टी ५२ हजार र अन्य दलले ३ लाख २६ हजार मत प्राप्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.