|

सोलुखुम्बु :  सोलुखुम्बुमा हालसम्म ८ सय ९९ जनाले स्वास्थ्य बिमा गरेका छन्। गत असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको हो। सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडौंले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा ८ सय ९९ जना नागरिकले स्वास्थ्य बिमा गराई निर्धारित सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका हुन्।

जिल्ला अस्पताल फाप्लु, प्राथमिक स्वास्थ्य केन्द्र सोताङ र सल्यान, ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगा   जिरी अस्पताल दोलखासँग सम्झौता गरीएको हुदाँ पाएक पर्ने स्वास्थ्य संस्थामा गएर निर्धारित स्वास्थ्य सेवा लिन सक्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडौंले जनाएको छ। १ मंसिरदेखि नै सेवा प्रदानको क्रम सुरु भएको हो। न्यून संख्यामा मात्र स्वास्थ्य बिमा गराएकाहरु सेवा लिन अस्पताल पुगेको बताइएको छ।

दर्ता अधिकारी प्रदीप बाबु बस्नेतले निर्वाचनका कारण विभिन्न क्षेत्रमा गई रिर्पोट लिन नसकिएको भन्दै १ पुसदेखि फिल्ड जाने तयारी रहेको बताए। जिल्लाको सम्पूर्ण वडामा एक जना दर्ता स्वयंसेवक नियुक्त गरी काम भइरहेको छ।

प्रतिवडा एकजना दर्ता स्वयंसेवक नियुक्त गर्ने प्रावधान भए पनि पहिलो चरणमा खुम्बुपासाङल्हामु गाउँपालिकासहित दर्ता स्वयमंसवेक छनोट नभएको क्षेत्रका लागि १४ जना स्वयंसेवक छनोट गरिसकिएको दर्ता अधिकारी बस्नेतले जानकारी दिए। चाँडै तालिम सञ्‍चालन गरी उक्त क्षेत्रमा पनि दर्ता प्रक्रिया सञ्‍चालन हुने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.