|

भद्रपुर (झापा) : झापाको काँकडभिट्टा नाकाबाट लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने धनकुटा छथर गाउँपालिका– ५ निवासी २६ वर्षीय मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित मुलगेटबाट पाँच ग्राम खैरो हेरोइनसहित शेर्पालाई पक्राउ गरेको हो। भारतबाट नेपाल आउँदै गरेका शेर्पाको जाँच गर्ने क्रममा पेटीघरमा लुकाएर ल्याएको हेरोइन फेला परेको प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका शेर्पालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.