|
Photo : Goal.com

काठमाडौं : स्पेनिस लिग लिडर बार्सिलोनाले डिफेण्डिङ च्याम्पियन रियल मड्रिडविरुद्ध शानदार जित दर्ता गरेको छ। ला लिगाअन्तर्गत शनिबार रियलको घरेलु मैदानमा सम्पन्न एल क्लासिको भिडन्तमा बार्सिलोना ३-० ले विजयी भयो। बार्साको जितमा लुइस सुआरेज, लियोनल मेसी र एलेक्स भिडालले १-१ गोल गरे। स्पेनिस महारथी रियल र बार्साबीचको खेललाई एल क्लासिको भिडन्त भन्ने गरिन्छ।

५४औं मिनेटमा सुआरेजको गोलबाट लिएको अग्रता ६४औं मिनेटमा मेसीले दोब्बर पारे। ड्यानियल कार्भाहलले डि बक्सभित्र हातले बल छेकेपछि प्राप्त पेनाल्टी सदुपयोग गर्दै मेसीले बललाई जाली चुमाएका थिए। कार्भाहल रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित बनेको थियो। खेलको इन्जुरी समयमा मेसीको सुन्दर पास सदुपयोग गर्दै भिडालले तेस्रो गोल गरे। पहिलो हाफमा निकै हावी भएको रियल गोल गर्न असफल रह्यो।

जितसँगै बार्सिलोनाले १७ खेलबाट ४५ अंक जोड्दै रियलसँग १४ अंकको अग्रता लिएको छ। रियलले एक खेल कम खेलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.