|

वीरगञ्ज : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको ठोरीलाई प्रदेश ३ मा समायोजन गर्ने प्रतिबद्धता जनाएका छन्। 

ठोरी नाकाको अवलोकन भ्रमणका क्रममा सोमबार विहान ठोरी पुगेका अध्यक्ष प्रचण्डले यहाँका वासिन्दाको चाहना अनुसार वाम गठबन्धनको नेतृत्वमा बन्ने सरकारले ठोरीलाई प्रदेश नं.३ मा समायोजन गर्ने प्रतिवद्धता जनाएका हुन्।

ठोरीका वासिन्दासँग अन्तर्क्रिया गर्दै अध्यक्ष प्रचण्डले गाउँपालिकाले समेत सर्वसम्मत रुपमा प्रदेश–३ मा समायोजनका लागि निर्णय गरिसकेकाले पनि अब छिट्टै नै ठोरी गाउँपालिकालाई प्रदेश ३ मा लगिने प्रष्ट पारे।

ठोरीलाई प्रदेश नं.३ मा राख्न राजनीतिक दलहरुबीच पहिले नै सहमति भएको भए पनि मधेस आन्दोलनका कारण त्यतिबेला निर्णय हुन नसकेको उनको भनाइ छ।

ठोरी–चितवन नाकाको अवलोकनपछि ठोरी वनशक्ति मन्दिर प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आउने सरकारले ठोरी भन्सार नाकाको स्तरोन्नति गरी ठोरीदेखि चीनको केरुङ नाकासम्मको सडक निमार्णलाई तिब्रता दिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.