|
फाइल फोटो

काठमाडौं : मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको विस्तारित बैठक आज बस्दैछ। बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा दिउँसो १ बजे बस्नेछ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र एमालेसँगको पार्टी एकता प्रक्रियाका विषयमा छलफल तथा चुनावी समीक्षा हुने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। 'समामयिक राजनीति, पार्टी एकता, चुनावलगातका विषयमा छलफल हुन्छ,' भुसालले थाहाखबरसँग भनिन्।

पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेका बेला बस्न लागेको यस बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ। माओवादीले पार्टी एकतामा जाँदा एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्रीमध्ये रोजेर एक पद एमालेले लिने र बाँकी एक पद आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.