|

काठमाडौं : नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक नवराज सिलवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

प्रहरी परिसर काठमाडौंले सरकारी कागज कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। प्रहरी महानिरीक्षक बन्नका लागि पेश गरिएको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते गरेको आरोप सिलवालविरुद्ध लागेको छ। केही दिनअघि सर्वोच्च अदालतले महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते कागज पेश गर्नेको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो। 

सर्वोच्चको आदेशपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पुस ५ गते कीर्ते प्रकरणबारे मुद्दा दर्ता गरेको थियो। सोही घटनाको अनुसन्धानका लागि सिलवाललाई पक्राउ गर्न पुर्जी जारी गरिएको परिसरले जनाएको छ।

सिलवाल मलेसियामा

एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन सिलवाल हाल मलेसियाको राजधानी क्वालालम्पुरमा छन्।  उनी एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया गएका हुन्। 

नेकपा एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले सिलवाल हाल फरार रहेको भनी कतिपय सञ्चार माध्यमले गलत सूचना प्रवाह गरेको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.