|

काठमाडौं : दुईथान पेस्तोलसहित कोटेश्वरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कोटेश्वरस्थित न्यू सुनकोसी गेस्टहासबाट खोटाङ घर भई इटहरी बस्ने सुवास कार्की नाम गरेको व्यक्तिलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए।

उनको साथबाट एकथान कटुवा पेस्तोल र त्यसका प्रयोग हुने ३ थान गोली त्यसैगरी एकथान रिभल्बर र त्यसमा प्रयोग हुने २ राउण्ड गोली बरामद गरेको प्रवक्ता जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.