|

काठमाडौं : विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले सिनामंगलको ब्लु स्टार ओभरसिज मेनपावर कम्पनीका सञ्चालक दयाराम घिमिरे र सञ्जय उप्रेतीलाई पक्राउ गरेको छ। विदेश नपठाई आफूहरुलाई ठगी गरेको उजुरी परेपछि अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

सिन्धुपाल्चोक कदमबास घर भएका ओसन गिरीसहित २६ जना व्यक्तिलाई कुवेतलगायतका देशमा पठाइदिन्छु भनी उनीहरुबाट १० लाख ६५ हजार रुपैयाँ उठाएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ। 

प्रहरीले म्यानपावर कम्पनीबाट विभिन्न व्यक्तिहरुको नाममा रहेको ३ सय ७१ थान राहदानी, भिसा इन्ट्री रजिष्टर, स्वीकृति नलिएका डिमाण्ड लेटरहरु, विभिन्न व्यक्तिहरुले रकम पठाएका रसिद र रकम लेनदेनसंग सम्बन्धित फाइलहरु बरामदसमेत गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.