|

सिन्धुपाल्चोक : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट सोमबारसम्म ९ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन्। प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले २४ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

सापकोटाका प्रतिस्पर्धी सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने खर्च विवरण बुझाएका छैनन्। प्रतिनिधि सभा २ तर्फमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्सेर जबरा  र एमालेका शेरबहादुर तामाङ दुवैले खर्च विवरण नबुझाएका निर्वाचन कार्यालयले जनाएको छ।  

प्रदेशसभाका उम्मेदवारहरु सोम नोर्बु शेर्पाले ६ लाख ५९ हजार ६ सय ७५, सुमन श्रेष्ठले १ लाख ७७ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।

त्यस्तै प्रदेशसभाकै उम्मेदवार एमालेका अरुण नेपालले १४ लाख, ८७ बुझाएका छन्। एमालेकै सरेस नेपालले १२ लाख ५६ हजार ८ सय, नेपाली कांग्रेसका राजेन्द्रकुमार श्रेष्ठले १४ लाख १ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएकोछ।

प्रतिनिधि सभा २ को ‘क’ मा माओवादीका युवराज दुलाल शरदले  १४ लाख ९३ हजार ६ सय र कांग्रेसका विकास तामाङले ११ लाख ९ हजार ७ सय बुझाएका छन्। भने ‘ख’ तर्फ कांग्रेसका निमा लामा ह्यामोले १२ लाख ४१ हजार १ सय बुझाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.