|

काठमाडौं : सन्तानको वियोगमा तड्पिएका बाबुआमाको पीडाभाव बोकेको गीत १३ वर्षीय ममता बस्नेतले गाएकी छिन्। दाङ निवासी बस्नेतले सन्तानको तिरस्कार सहँदै बसेका बाबुआमाको पीडा बोल्ने गीत गाएकी हुन्। सानैदेखि गायनमा रुचि राख्दै आएकी बस्नेतले सन्तानलाई सम्झिदै दिनरात बिताउने बुबाआमाको बेदना गीतमा पोखेकी छिन्।

तिम्रा लागि म त सधैँ सबै सामु झुकेँ

हुर्काउँदा, बढाउँदा भन कहाँ चुकेँ ।

तिमी हाँस्दा हाँसिदिएँ रुँदा रोइदिएँ

तोतेबोली सम्झी तिम्रो बचन छल्दै लुकेँ ।

आफूलाई भन्दा पनि बढी माया गर्ने सन्तानले चटक्कै छोडेर जाँदाको अवस्थालाई मर्मस्पर्शी ढंगले गीतमा प्रस्तुत गरिएको छ। बस्नेतले बाबुआमाको हेरचाहमा लाग्न सन्तानहरुलाई आग्रह गरेकी छिन्। सन्तानका हरेक गल्ती कमजोरीहरु सजिलै भुल्ने बुबाआमाहरुलाई बृद्धाश्रममा अलपत्र छाडेर जाने सन्तानहरुलाई लक्षित गर्दै गायिका बस्नेतले आफूलाई जन्माउने, हुर्काउने, बढाउने आमाबाबुलाई उच्च सम्मानकासाथ बाँच्न दिने अवस्थाको सिर्जना हरेक सन्तानहरुले गर्नुपर्ने सन्देश दिएकी छिन्। 

माया ममता बिर्सिएर कसरी छाडी गयौ

मन्दिरमा बिन्ति चढाई तिम्रै बाटो ढुकेँ । 

एकनारायण चापागाईको शब्द रहेको उक्त गीतमा विपिन घिमिरेको संगीत रहेको छ। एकुष्टिक रेकर्डिङ सेन्टरमा रेकर्ड गरिएको उक्त गीतको एरेञ्ज देवेन्द्र नेवाले गरेका छन्। देवराज आचार्यको छायांकन तथा मनोज कार्कीले सम्पादन गरेको गीतको भिडियो म्यूजिक नेपालले बजारमा ल्याएको छ।

हेर्नुस् भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.