|

लहान : अत्याधिक चिसो बढेसँगै ताराईका जिल्लामा शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ। चिसोका कारण सुत्केरी, जेष्ठ नागरिक, वालबालिका र विपन्न परिवार बढी प्रभावित भएका छन्। यसैबीच नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) र समुदयिक विकास कार्यक्रम सिरहाले सिरहा कर्जन्हाका १ सय २० परिवारलाई कम्बल वितरण गरेको छ। कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवान र उपप्रमुख ज्ञानकुमारी श्रेष्ठको उपस्थितिमा कर्जन्हा नगरपालिका ६ का ७० र ७ का ५० बिपन्न परिवार र जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो ।

त्यस्तै, बढ्दो चिसो र शीतलहर प्रभावितलाई सिरहाको विष्णुपुर गाउँपालिकाले पनि तीन सय विपन्न घरपरिवारलाई कम्बल वितरण गरेको छ ।

गाउँपालिकाले पाँच वटै वडाका ७५ वर्ष माथिका जेष्ठ नागरिक, दलित, अपाङ्ग, सुत्केरी महिला र असहाय वालबालिका गरी तीन सय घरपरिवारलाई कम्बल वितरण गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत रामप्रमोद यादवले जनाकारी दिए।

सामुदायिक विद्यालय बन्द

अत्याधिक चिसो बढेपछि सिरहाका सामुदायिक विद्यालयहरु थप एक हप्ताका लागि बन्द गरिएको छ। तीन दिनका लागि बन्द गएिको विद्यालय चिसो नघटेपछि जिल्ला शिक्षा कार्यालय सिरहाले थप एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए। जिल्लाका संस्थागत विद्यालयहरु तेस्रो त्रैमासिक परीक्षापछि बुधबारदेखि एक हप्ताका लागि बन्द गरिएको छ ।

उता, सप्तरीमा पछिल्लो बिहीबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिए । शीतलहरका कारण चिसो बढ्दै गएपछि जिल्लाका चार सय १२ वटा सामुदायिक विद्यालय बन्द गरिएको मण्डलले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.