|

काठमाडौं : नायिका श्वेता खड्काको निर्माण तथा अभिनय रहेको फिल्म 'कान्छीले सोलो'ले रिलिजको मौका पाएको छ। बाघ निर्माताको उपमा पाएका निर्माता छविराज ओझाको निर्माण रहेको फिल्म 'मंगलम'ले आफ्नो प्रदर्शन मिति सारेसँगै 'कान्छीलाई सोलो'ले रिलिजको मौका पाएको हो।

‍'मंगलम'का वितरक गोपालकाजी कायस्थले 'कान्छी'सँग जुध्‍न मन नभएको बताउँदै फिल्मलाई पछि सारेको बताएका छन्। अब 'मंगलम' भने २५ फागुनदेखि प्रदर्शनमा आउँदै छ। त्यस्तै, सोलो रिलिजको मौका पाएकाले आफूखुसी भएको श्वेता बताउँछिन्। भन्छिन्, 'सोलो रिलिजको मौका दिने सम्पूर्णलाई धन्यवाद!'

आकाश अधिकारी निर्देशित फिल्म 'कान्छी'मा श्वेता र दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन्। याम थापाको लेखन रहेको 'कान्छी'मा श्वेता र दयासँगै नीर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ, कामेश्वर चौरसिया, आशान्त शर्मा लगायतको अभिनय रहेको छ। पुरोषत्तम प्रधानले खिचेको फिल्ममा राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत रहेको छ। फिल्मको दुई गीत सार्वजनिक भइसकेका छन् भने ट्रेलर माघको पहिलो साता रिलिज गरिने श्वेताको तर्क छ।

त्यस्तै, २५ फागुनमा सरेको फिल्म 'मंगलम'लाई नवल खड्काले निर्देशन गरेका छन्। फिल्ममा शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाई‌ंको मुख्य भूमिका रहेको छ। फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह अतिथि भूमिकामा देखिँदै छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.