|

प्रतिष्ठित प्रतियोगिताका रूपमा रहेको ईएफएल फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले रोमाञ्चक जीत निकालेको छ। निर्धारित समय १–१ गोल भएपछि इन्जुरी समयमा सर्जियो अगुइरोले गरेको एक मात्र गोल निर्णायक बन्यो।

दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेपछि सिटीले ब्रिस्टोल सिटीलाई २–१ गोलले पराजित गर्न सफल भयो। सिटीविरुद्ध ब्रिस्टोलले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा बबी रेइडले पेनाल्टीमा ब्रिस्टोललाई अग्रता दिलाए। जोन स्टोन्सले ब्रिस्टोलका खेलाडीलाई फल गरेपछि पेनाल्टीको अवसर ‍दिइएको थियो।

पहिलो हाफमा १ गोलले पछि परेको सिटीका लागि ५५औँ मिनेटमा सिटीका केभिन डे ब्रुइनले बराबरी गोल फर्काए। उनले रहिम स्टर्लिङसँग वान टु वान पास खेल्दै आकर्षक गोल गरेका थिए।

७०औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका अग्युरोले दोस्रो हाफको इन्जुरी समयमा महत्त्वपूर्ण गोल गरेका थिए। सिटीले रोमाञ्चक जीत हात पारेसँगै शीर्ष चारमा पुग्न सफल भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.