|
प्रतिकात्मक तस्बिर

 भद्रपुर, (झापा): चिया बगानमा महिलालाई जवरजस्ती बलात्कारको प्रयास गरेको आरोपमा झापाको बिर्तामोडबाट एक युवक पक्राउ परेका छन्।

बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला नवमीडाँडा–३ बस्‍ने १९ वर्षीय खगेन्द्र शिवालाई शुक्रबार पक्राउ गरेको हो। उनलाई अर्जुनधारा ११ स्थित चिया बगानबाट रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले जानकारी दिए। पक्राउ परेको युवकलाई जबरजस्ती करणी सम्बन्धि मुद्धा दर्ता गराई थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए।

विष्टका अनुसार चिया बगानमा फरक क्षमता भएका ५२ बर्षीय महिलालाई ती युवकले जबरजस्ती बलात्कारको प्रयास गर्दै गरेको स्थानीयले देखेका थिए। 'स्थानीयले त्यस्तो देखेपछि प्रहरीलाई खबर गरे,प्रहरी टोली तत्काल घटनास्थल पुगेर रंगेहात पक्राउ गरिएको हो' विष्टले भने।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.