|

काठमाडौं : काठमाडौं महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति आगलागी हुँदा करिब  ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

भक्तजनले बालेको धूपबत्तीबाट सल्केको  आगोले हस्तकला, फर्निचर, भजनका सामग्री नष्ट पारेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले जानकारी दिए। 

सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौं, ललितपुर र भक्तपुरका दमकलको सहयोगमा अागो नियन्त्रणमा लिइएको थियो। घटनामा मानवीय क्षति भएको छैन। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.