|

चितवन : सिमसार क्षेत्रमा पाइने चराहरुको अबस्था पत्ता लगाउन चितवनमा जलपक्षी (पानी चरा)को गणना सुरू भएको छ। चितवनको कुमरोजबाट शनिबारदेखि चरा गणना थालिएको पक्षीविद् तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पुर्व अध्यक्ष वासु विडारीले जानकारी दिए।

पानी चराको अवस्था पत्ता लगाई चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो। शनिबार जीन्दगानी घाट, सौराहा घाट बुढी राप्ती, ढुंग्रे खोलामा चरा गणना भएको र आइतबा (आज) सौराहाबाट सुरू गरी चितवन निकुञ्जको कसरा पुल, लामिताल, तमोर ताल र गरुड तालमा गणना हुने विडारीले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्ज र वर्ड एजुकेशन सोसाइटी चितवनको अगुवाइमा सुरू भएको गणना कार्य अन्तरगत सोमबार भने रामसार सूचीमा सूचीकृत बीस हजारी ताल क्षेत्रमा गणना हुने छ।

अघिल्लो गणनामा चितवनमा ५४ प्रजातिका जलपंक्षि भेटिएको थियो। चितवनमा चराको क्षेत्रमा काम गर्दै आएका ३६ जना स्वयंसेवकहरुले चराको गणना गरिरहेका छन्। नेपालको शुक्लाफाँट  र कोशी टप्पुबाट भने पुस २२ बाट गणना सुरू भएको थियो। गणनामा नेपालमा ३०० स्वयंसेवक तथा चरा विज्ञहरुको सहभागिता रहेको चरा पंक्षिविद् संघ नेपालकाका प्रमुख डा. हेमसागर बरालले जानकारी दिए।

विगतको अध्ययनमा चराको संख्या भने घट्दो क्रममा रहेको चरा विज्ञहरुले बताएका छन्। डा. बरालले चराको संख्या घट्दो क्रममा रहेको भन्दै यसतर्फ गम्भिर हुनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.