|

कैलाली (लम्की) : प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनले प्रधानमन्त्रीको टुंगो लगाएमा आपूm पद छोड्न तयार रहेको बताएका छन् । कैलालीको गोदावरीमा १२ राशि मकर मेलाको आइतबार बिहान उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आपूmले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताए।

उनले वाम गठबन्धनले प्रधानमन्त्रीको चयन गर्न नसक्ने र आपूmलाई पद नछोडेको आरोप लगाउनु गलत भएको बताए। आपूmले प्रधानमन्त्री बनिरहन्छु भनेर नभनेको उनले जिकिर गरे। सबै दलहरुको सहमतिमा प्रदेश सभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने उनले बताए।

उनले अहिलेका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी प्रदेश सभाका लागि तोक्ने र त्यसपछि प्रदेश सभाको बैठकले राजधानी फेरबदल गर्ने बताए। त्यसका लागि सबैभन्दा बढी समस्या प्रदेश नम्बर ७ मा भइरहेको भन्दै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी सरकारले छिट्टै तोक्ने दाबी गरे। तीन दिनदेखि धनगढी र महेन्द्रनगरमा रहेका प्रधानमन्त्री देउवा आजै काठमाडौंफर्केका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.