|

काठमाडौं : जब मानिस बिरामी भएर अस्पताल पुग्छ त्यसवेला बिरामीको सबैभन्दा नजिकको साहारा भनेको नर्स नै हुन्। सेतो पोसाकमा सजिएर २४ सै घण्टा बिरामीकै हेरचाहमा रहने अस्पताल भर्ना भएदेखि घर नफर्कन्जेलसम्म कुन बिरामीलाई कुन समय कुन औषधि खुवाउनेसम्म सबै कुराको हेक्का राख्‍ने नर्सहरूकै विश्वसिलो व्यवहारले बिरामीले राहत अनुभव गर्दछन्।

जसले गर्दा अशक्त बिरामीहरूको सेवा गर्न पाउने र उनीहरूको दुखेको घाउमा मलमपट्टी लगाएर सेवा गर्न पाउने भएकाले नर्सको पेसालाई उत्कृष्ट पेसाको रूपमा लिने गरिन्छ।

तर, नर्सहरू पछिल्लो समय आफूहरूको पेसालाई राज्यबाट उपेक्षा गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। २६ र २७ पुसमा कालोपट्टी बाँधेर ड्युटी गरेका उनीहरूले २८ पुसदेखि सबै अस्पतालहरूमा बिहान १० देखि ११ बजेसम्म एक घण्टा ड्युटी छोडेका उनीहरूलाई नर्सहरूले सोमबारदेखि एक सिफ्टको ड्युटी नै छाडेका छन्।

नर्सहरू आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा सुविधामा अप्ठारो परिरहेको वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले बताए। उनले भने,  'केही दिन देखिको नर्सहरूको आन्दोलनले अस्पतालको सेवामा अप्ठारो पर्दै गइरहेको छ।  बिना डाक्टर एक्लैले बिरामीको उपचार गर्न गाह्रो छ, आन्दोलन अझै चर्कियो भने बिरामी मारमा पर्छ।'

२४सै घण्टा जीवन र मरणको बीचमा रहेका बिरामीहरूलाई परिवारको सदस्यले जस्तै माया गरेर उनीहरूको हेरचामा रहने नर्सहरूलाई सरकारले न्यूनतनम सेवा सुविधासमेत नदिएको वीर अस्पतालको न्युरो वार्डमा ३३ वर्षदेखि कार्यरत रहेकी नर्स राजकुमारी ज्ञावाली बताउँछिन्।

'हामीले हाम्रो व्यक्तिगत पीडालाई बिर्सिएर २४ सै घण्टा बिरामीको सेवामा खटिएका हुन्छौँ। तर, हाम्रो योगदानलाई अहिलेसम्म कुनै किसिमले सम्बोधन गरेको छैन।' ज्ञवालीले भनिन्।

अहिले नेपाल नर्सिङ संघको अगुवाइमा भएको अन्दोलमा मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरूलाई विनासर्त अविलम्ब पुनर्बहाली गर्नुपर्ने,  संघीयतामा स्वास्थ्य मन्त्रालयमा छुट्टै अधिकारसहितको नर्सिङ सेवामहाशाखा पुन:स्थापना हुनुपर्ने लगायतमा ११ बुँदे माग राखेर आफूहरू

आन्दोलनमा गरेका नर्सहरूलाई नितिगत र व्यवहारिक रूपमै आफूहरूलाई राज्यतर्फबाट बेवास्ता गर्ने गरेको हुँदा आन्दोलन गर्नु पर्ने बाध्यता रहेको नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापा बताउँछिन्।

हामीलाई राज्यले पहिलेदेखि नै व्यावहारिक र नीतिगत रूपमै बेवास्ता गर्दै आएको छ। अहिले देश संघीयतामा गइरहेको छ। यसवेलामा नयाँ नीति नियमहरू आउँदै छ। जसमा कानुनी रूपमानै नर्सहरूको सेवासुविधालाई समेट्नुपर्छ। भन्ने हाम्रो मुख्य माग हो।' अध्यक्ष थापाले भनिन्।

के छन् नर्सका समस्या

कानुनी समस्या

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुमा महत्पूर्ण भूमिका हुने नर्सहरूको लागि नीतिगत तहमा कुनै पनि व्यस्था छैन। हालसम्म देशमा रहेका कुनै पनि अस्पतालहरूमा छुटै नर्सिङ शाखा छैन। भने देशभरका नर्सहरूको गुणस्तरीय बनाउने जिम्मा पाएको स्वास्थ्य मन्त्रालयमा समेत छुट्टै नर्सिङ महाशाखा छैन। योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर  नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था नहुनु।

करारमा नियुक्ति हुनुपर्ने बाध्यता

निजी अस्पतालमा प्रायः नर्सहरू करारमा नियुक्त गरिएका हुन्छन् । जसले गर्दा अस्पतालले  चाहेको अवस्थामा उनीहरूलाई कामबाट जुनसुकै वेला निष्कासन गर्न सक्ने हुँदा नर्सहरूको कामको स्थायी नियुक्ति हुँदैन।

एकजना नर्सले २५ देखि ५० जना बिरामी हेर्नुपर्ने

 विश्व स्वास्थ्य संगठनको अनुसार एकजना नर्सले धेरैमा ६ देखि ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था भए पहिले हाम्रोमा एउटा नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ। अस्पतालले वार्डमा हेल्परसमेत नहुँदा यसरी बिरामी हेर्नुपर्दा नर्सहरूमा मानसिक तनावसमेत सिर्जना हुने गरेको अध्यक्ष थापाले बताइन्।

उनले भनिन्। ' विश्व स्वास्थ्य संगठनको अनुसार सघन उपचार कक्षमा एक बिरामी बराबर एक नर्स हुनुपर्ने, जनरल वार्डमा एक नर्स बराबर ८ बिरामी हेर्नुपर्ने नियम छ। तर, हामीले अहिले एकजना नर्सले ५० जनासम्म बिरामी हेर्दै आएका छौँ।

२४ सै घण्टा सेवामा खटिनुपर्ने

सामान्यतया नर्स पेसामा ८ घण्टा ड्युटी गर्ने समय छुट्याइएको हुन्छ। तर, नर्सहरूले कहिलेकाहीँ २४ घण्टा ड्युटी गर्नुपर्ने हुन्छ। आफ्नो समयभन्दा ड्युटी गरेको समयको न केही सेवा सुविधा हुन्छ। अध्यक्ष थापाले भनिन्, 'हामीले कहिलेकाहीँ आफ्नो समयभन्दा धेरै काम गर्नुपर्छ, यसबापत  न हामीले केही सेवा सुविधा पाउछौँ।'

भोलेन्टियरका रूपमा काम गर्नु पर्ने बाध्यता

धेरै अस्पतालहरूले नर्सहरूलाई भोलिन्टियरका रूपमा विनातलब काम लगाउँदै आएका छन्। अस्पतालहरूले भोलेन्टियरका रूपमा नर्सलाई काम लगाउन नपाइने नियम व्यवस्था छ। भोलेन्टियरमा काम गर्न नगरी पूर्ण रोजगार नपाउने नर्सहरूको बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.