|

काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारका कैदीबन्दीहरू उत्पादनमूलक काममा व्यस्त रहेका छन्। विभिन्न मुद्दामा बन्दी जीवन बिताइरहेका उनीहरूले बाँस र निङगालोबाट बन्ने विभिन्न सामग्रीहरु मुडा, डाइनिङ टेबल र थुन्से बुनेर आम्दानी गर्नुका साथै ऊनबाट बन्ने गलबन्दी र ब्याग बुनेर आम्दानी गरिरहेको हुन्।

उनीहरूले दैनिक बाँसबाट बन्ने मुडा ३०-४० वटा र निङगालोबाट बन्ने थुन्से ३०-४० वटा निर्माण गर्दै आएको छन्। कारागार शाखाका आन्तरिक प्रशासन नाइके सुरज थापाले भने, ‘त्यसरी उत्पादन भएको सामग्री प्रतिगोटा ४ सय ५० का दरले दैनिक रूपमा बिक्री हुने गरेको छ।

कैदीबन्दीले उत्पादन गरेको सामग्री राम्रो र बलिया हुने भएकाले यसको मागसमेत बजारमा बढीरहेको थापाले बताए। कैदीबन्दीहरूको चाहना र इच्छाअनुसार नै उत्पादनमूलक काममा सीप सिकाइ आत्मनिर्भर बनाइएको हो। धुलिखेल कारागारमा अहिले २ सय ४८ जना कैदीबन्दी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.