|
फाइल फोटो

धनुषा : स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत पुन: पक्राउ परेका छन्। धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका राउतलाई प्रहरीले घेरा हाली पक्राउ गरेको हो।

प्रहरी निरीक्षक राजकिशोर साहको टोली राउतलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई पक्राउ गर्नुको कारण खुलाएको छैन। यसअघि पनि पटक–पटक पक्राउ परेका उनीविरुद्ध अदालतमा राज्यविप्लवको मुद्दा चलेको थियो।

सप्तरी घर भएका राउत हाल धनुषामा बस्दै अाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.