|

काठमाडौं : प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडिआइजी नवराज सिलवालले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्न शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन्।

सिलवालले सामाजिक सञ्जाल ट्विटरमा विपक्षीहरुले आफूविरुद्ध 'शक्तिको गलत प्रयोग भएको' आरोप लगाएका हुन्।

कसले शक्तिको गलत प्रयोग गर्‍यो भन्ने उल्लेख नगरे पनि उनले सरकारलाई लक्षित गरेर उक्त आरोप लगाएका हुन्। उनले आफू सत्यको पक्षमा लागेर उक्त प्रहारको सामना गर्ने पनि लेखेका छन्। वर्तमान सरकारलाई लक्षित गर्दै उनले लेखेका छन्, 'समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदै छ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछl'

सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्।

नेपाल प्रहरी प्रधानकार्यालयले सरकारी कागजात किर्ते गरेको अभियोग सिलवाललाई खोजबिन गर्न देशभरका प्रहरी कार्यालयहरुमा पत्राचार गरेको छ।

यी पनि पढ्नुहोस् : प्रहरीको खाेजीमा रहेका सिलवाल अमेरिकामा

                          सिलवाललाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन

                          पूर्वडिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी, सिलवाल भने मलेसियामा

                         प्रहरीकै सूचना पाएर 'फरार' भएका थिए सिलवाल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.