|

काठमाडौं : कांग्रेका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता मनस्थितिमा छन्। प्रारम्भिक आँकलनअनुसार संसदीय दलमा उनको पक्षमा सजिलै बहुमत पुग्ने पनि देखिन्छ।

स्रोतका अनुसार संस्थापन पक्षले समानुपातिकतर्फबाट छानिने सांसदको पनि हिसाब गरेर प्रष्ट बहुमत आफ्नो पक्षमा आउने निष्कर्ष निकालिसकेको छ। यद्यपि, देउवानिकट नेता डा. प्रकाशशरण महतले भने प्रतिनिधिसभाको पूर्ण नतिजा आएपछि मात्र को उम्मेदवार बन्ने भन्ने टुंगो लाग्ने बताए। ‘नतिजा नै आएको छैन। त्यसैले अहिले नै हामी संसदीय दलको हिसाबकिताबमा लागिसकेका छैंनौं,’ उनले भने, ‘परिणाम आएपछि बल्ला तयारी हुन्छ।’

यता रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनको खेमाबाट महामन्त्ती डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष सीतादेवी यादव संसदीय दलको नेताका दाबेदार हुन्। तीमध्ये पनि सिंह प्रमुख दाबेदार हुन्। संसदीय दलमा जित्ने अवस्था नभए महामन्त्री कोइराला उम्मेदवार नबन्ने मनस्थितिमा छन्। तर, सिंह भने देउवाको प्रतिस्पर्धीका रुपमा आफूलाई स्थापित गर्न पनि उम्मेदवार बन्न तयार छन्।

‘महामन्त्री कोइरालाले इच्छा नदेखाए प्रकाशमान दाई उम्मेदवार बन्ने देखिन्छ,’ केन्द्रीय सदस्य कल्याण गुरुङले भने। केन्द्रीय समिति बैठकमा पनि नेता सिंह सभापति देउवाविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.