|

काठमाडौं :  नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला सोमबार (आज) एक नम्बर प्रदेशको खोटाङमा सुरु हुदैँछ। कमाठमाडौं सबुज बानियाँका अनुसार अञ्चल अनुसार नछुट्ने गरी मुख्य मुख्य जिल्ला सभापतिलाई भेलामा बोलाइएको हो।

खोटाङको हलेसीमा सुरु हुन लागेको भेला निर्वाचनको समिक्षा तथा आगामी दिनमा पार्टीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा केन्द्रित रहने बानियाँले बताए।

मंगलबारसम्म चल्ने भेलाले जिल्ला सभापतिको राष्ट्रिय भेला तत्काल बोलाउन अनुरोध गर्नुका साथै राष्ट्रियसभामा अवसर नपाएका जिल्ला सभापतिलाई कसरी प्रतिनिधित्व गराउन सकिन्छ भन्ने भन्नेबारे पनि छलफल हुनेछ बताइएको छ। ' चुनावपछि चिन्तित भएका जिल्लासभापतिमध्ये ३०\३५ जना मात्रै सभापति हलेसीको दर्शनपछि छलफलमा जुट्न थालेका छौँ' बानियाँले भने।

 भेलामा सहभागि हुन विभिन्न ३० जिल्लाका सभापतिहरु छलफलका लागि आइतबार नै खोटाङ पुगेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.