|

चितवन:  चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा ६ प्रजातिका चरा घटेको पाइएको छ। पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन यहाँ पुस अन्तिमसाताबाट जलपंक्षी (पानीचरा)को गणना सुरु भएको गरिएको थियो। चरा गणनाको प्रतिवेदनबारे जानकारी दिंदै चरा विज्ञ तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विंडारीले हाँस प्रजातिका चराहरु फेलानपरेको जानकारी दिए। 

अघिल्लो वर्ष ५४ प्रजातिका जलपंक्षीहरुको गणना भएको थियो। यसपटकको गणनामा जम्मा ४८ प्रजातिका मात्रै पानीचरा फेलापरेको बिडारीको भनाइ छ। 

यहाँको अनुगमनमा कुल २१३ प्रजातिका चरा अभिलेख गरिएकोमा पानीमा आश्रित भने ४८ प्रजातिको मात्रै फेला परेको हो। उनका अनुसार सिन्दुरे हाँस, फुर्के हाँस, हरि हाँस, सुनचुरी हाँस,  सोईरोपुच्छ्रे हाँस र स्वेताखिभौं हाँस फेला परेनन्।

मुख्यगरी हाँस प्रजाति फेला नपरेको र चखेवाहरु बढेको पाइएको छ। अनुगमन प्रतिवेदनबारे जानकारी दिंदै विंडारीले चखेवा २ हजार ८४९, जलेवा ४२०, सिलसिले ४१० वटा फेला परेको बताए।गणनाका क्रममा पानीमा आश्रित चराको संख्या ५ हजार ५७६ वटा र अन्य क्षेत्रमा बस्ने ६ हजार २१५ वटा चरा फेला परेको समेत जनाईएको छ। चितवन राष्ट्रिय निकुञ्ज र वर्ड एजुकेशन सोसाईटीको अगुवाइमा चितवनमा चरा गणना भएको हो।

नेपालको विभिन्न जलक्षेत्रमा ३०० स्वयंसेवक तथा चरा विज्ञहरुको सहभागिता गणना भइरहेको पंक्षीविद् संघ नेपालकाका प्रमुख डा. हेमसागर बरालले जानकारी दिए। उनका अनुसार नेपालको समग्रको तथ्यांक आएपछि सरकारलाई समेत प्रतिवेदन बुझाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.