|

पशुपंक्षीको आहारा खरिदमा भ्रष्टाचारमा जेल सजाय काटिरहेका भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री एवं राष्ट्रीय जनता दलका अध्यक्ष लालूप्रसाद यादव तेस्रो मुद्दामा पनि दोषी पाइएका छन्।

पशुपंक्षी आहारामा घोटला गरेको दोस्रो मुद्दामा पनि लालूप्रसाद दोषी पाइएका हुन्। यो मामलामा अर्का पूर्व मुख्यमन्त्री डा. जगन्नाथ मिश्र पनि दोषी पाइएका छन्।

राँचीमा रहेको सीबीआइका विशेष न्यायाधीश एसएस प्रसादले आहारा कोषबाट ३३ करोड ६७ लाख ५३४ भारुको अवैध निकासी गरेको भन्दै दोषी पाइएको फैसाल गरेको हो।

जनवरी १० मा यो मुद्दामा सुनुवाइ सकिएको थियो।

यो मुद्दामा ५६ जनालाई आरोपी बनाइएको थियो। लालूप्रसाद र डा. जगन्नाथ मिश्रविरुद्ध कति वर्षको सजाय हुने भन्ने बुधबार नै फैसला गरिनेछ।

लालूप्रसाद यसअघि नै जेलमा छन्। पशुपंक्षीको आहारा खरिदमा घोटला गरेको अभियोग पुष्टी भएपछि उनलाई साढे ३ वर्षको जेल सजाय तोकिएको थियो। उनी हाल बिरसा मुन्डा केन्द्रीय कारागारमा राखिएको छ।

लालूप्रसाद यादवको पार्टीले भने उनीविरुद्ध अन्याय भएको आरोप लगाएको छ। सीबीआईको अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालत जाने तयारीमा रहेको उक्त दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहले जानकारी दिएका छन्।

यो पशुपंक्षी आहारा घोटला काण्ड २१ साल पुरानो हो। यो मुद्दामा सीबीआईले ७६ जनाविरुद्ध मुद्दा दर्ता  गरेको थियो। यो मुद्दा जारी रहेका बेला १४ जनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.