|

धनकुटा : सरकारले धनकुटाका छ जना प्रजातन्त्र सेनानीहरूलाई राष्ट्रिय शहीद घोषणा गरेको भन्दै नेपाली कांग्रेस धनकुटाले स्वागत गर्दै शहीद परिवारलाई बधाई ज्ञापन गरेको छ। 

प्रजातान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा वीरगति प्राप्त गरेका र माओवादी जनयुद्धमा मारिएका धनकुटाका प्रजातन्त्रका सेनानीहरू डगलसिहं लिम्बू, चैनपुरे कान्छा, बखतजंग पापो, नारायणप्रसाद नोगु, प्रजालाल राई, रामकृष्ण श्रेष्ठलाई राष्ट्रिय शहीद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य रहेको कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल र सचिव विजय सन्तोषी राई तथा पूर्व सांसद मनोहरनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 

सरकारले ती छ जना धनकुटकाका प्रजातन्त्र सेनानीहरूलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गर्दै केही दिनअघि मात्र नेपाली कांग्रेसका निर्वतमान जिल्ला सभापति मनोहरनारायण श्रेष्ठ, सचिव विजयसन्तोषी राईलगायतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली कांग्रेसका नेताहरूलाई ज्ञापनपत्र बुझाएको कांग्रेस धनकुटाका सचिव राईले बताए।

माओवादी जनयुद्धको समय २०५८ मा तत्कालीन माओवादीले गोली हानी हत्या गरेका नेपाली कांग्रेस धनकुटाका तत्कालीन नेता तथा महाधिवेशन प्रतिनिधि डगलसिंह लिम्बू, राणा शासनविरुद्ध सशस्त्र युद्धमा मारिएका चैनपुरे कान्छा, बखतजंग पापो, पञ्चायतविरुद्ध हतियार उठाउँदा २०१९ सालमा तत्कालीन शाही नेपाली सेनाले गोली हानी हत्या गरेका नारायणप्रसाद नोगु, प्रजालाल राई र राजा वीरेन्द्रलाई विराटनगरमा बम हान्दा शहादत प्राप्त गरेका रामकृष्ण श्रेष्ठलाई सरकारले राष्ट्रिय शहीद घोषणा हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.