|

काठमाडौं : राजनीति शुद्धीकरण अभियानका लागि भन्दै नेपाली कांग्रेस नेता-कार्यकर्ताहरुले मंगलबार सडकमा बसेर जुत्ता पालिस गरेका छन्।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता-कार्यकर्ताहरुले नयाँ बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन्।

फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर प्रतीकात्मक रुपमा बुट पालिस गरिएको कार्यक्रम आयोजकले जनाएको छ। कांग्रेसका नेता चन्द्र भण्डारी, धनराज गरुङलगायतले सर्वसाधारणको जुत्ता पालिस गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.