|

दार्चुला : सदरमुकामबाट करिव २६ कोष उत्तरपूर्वमा रहेको अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा न सडक पुगेको छ, न त विजुली नै। दिउँसो बादल लाग्यो भने सञ्चार सेवाबाट पनि बञ्चित हुनुपर्ने बाध्यता छ खण्डेश्वरीवासीको।

भौगोलिकरूपमा विकट ६ वटा वडा भएको गाउँपालिकाको केन्द्र मात्र होइन, कुनै पनि वडा न सडक सञ्जालसँग जोडिएकोे छन् न विद्युत् प्रसारण लाइनसँग। 

पञ्चायतदेखि बहुदलीय व्यवस्थामा समेत विकास देख्न नपाएका यहाँका नागरिकले स्थानीय तहको निर्वाचनपछि भने गाउँमा विकास आउँला भन्ने आशा लिएका थिए। स्थानीय सरकार गठन भएपछि सेवा सुविधा प्रवाहमा केही सहजता आउला भन्ने अपेक्षा गरेका थिए। ‘तर व्यवस्था परिवर्तन हुँदैमा नागरिकको जीवनमा परिवर्तन नआउने रहेछ भन्ने निष्कर्ष नजिक पुग्न लागेका छौं।’ स्थानीय शिक्षक गाेवर्द्धनसिह धामीले गुनासो पोखे।

गुनासै–गुनासो

सरकारप्रतिको गुनासो नागरिकको मात्र होइन। अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्दसिह मन्यालले पनि सरकारसँग गुनासो पोखे। उनले भने, ‘सरकारले अपिहिमालवासीका मागप्रति चासो नदिएपछि अपेक्षित योजनाअनुसार काम गर्न सकिएको छैन।’

गाउँपालिकासम्म पुग्ने सडक निर्माण गर्न सडक डिभिजन र सडक विभाग, कर्मचारीको व्यवस्थापन गराई माग्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ज्ञापनपत्र तथा मागपत्र बुझाएको अध्यक्ष मन्यालले बताए। यस्तै, बैंकको स्थापना गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकमा पनि पहल गरेको भएपनि यसबारे कुनै सरकारले चासो नदेखाएको अध्यक्ष मन्यालले गुनासो गरे।
 
६ वटा वडा भएको उक्त गाउँपालिकामा जम्मा २ जना मात्र वडा सचिव छन्। गाउँपालिका कार्यालय एक जना प्रमुख प्रशासकीय अधिकृत र एक जना कार्यालय सहयोगीले धानिरहेका छन्। ‘सदरमुकामबाट टाढा रहेकाले कर्मचारी पनि आउन मान्दैनन्,’ अध्यक्ष मन्यालले भने, ‘सरकारले खटाउन पनि सकेको छैन।’

२३ विद्यालयमा ४३ शिक्षक

गाउँपालिकामा २३ वटा विद्यालय रहेका छन्। ती विद्यालयमा ४३ जना मात्रै शिक्षक छन्। भएका शिक्षक पनि विषयगत शिक्षक होइनन्। त्यसैले विद्यालयलाई व्यवस्थित गर्न पहिलो चरणमा २५ जना विषयगत शिक्षकको दरबन्दी सिर्जना गरी कार्यान्वयन गराउन कार्यविधि बनाउन लागेको अध्यक्ष मन्यालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.