विभिन्न नकरात्मक क्रियाकलाप संलग्न बरामले यसअघि पनि कारबाही भोगिसकेका छन्

|

गोरखा : गोरखा घर भएका सशस्त्र प्रहरीका एक जवानले सामाजिक सञ्जाल फेसबुकमा भीमसेन गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेको फोटोमा ‘रिप’ ( श्रद्धाञ्‍जलि) लेखेपछि पाण्डेले आपत्ति जनाएका छन्।

केही दिनअघि बगुवाका शंकर श्रेष्ठले आफ्नो फेसबुकको भित्तामा ईश्वर पाण्डेको फोटो राखी गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति आपत्ति जनाउँदै राखेको स्टाटसमा सशस्त्र प्रहरीमा कार्यरत निरेस बराम (ठाकुर) ले ‘रिप’ लेखेर कमेन्ट गरेको भन्दै पाण्डेले आपत्ति जनाएका हुन्।

‘हामीले नियमविपरीत काम गरेको पाएको भए मलाई भन्दा हुन्थ्यो’ पाण्डेले थाहा खबरसँगको कुराकानीमा भने ‘चित्त नबुझे, असन्तुष्टि भए मसँग कुरा गर्नुपर्‍यो। गाउँपालिकाले नियमविपरित गरेकै छैन। मान्छेलाई सामाजिक सञ्जालमा ‘रिप’ लेख्नु मलाई ठीक लागेन। नेपाल सरकारको जिम्मेवार सुरक्षा निकायमा रहेको मान्छेले यस्तो मनलाग्दी लेख्ने?’

नेपाल सरकारको सम्बन्धित निकायमा कारबाहीको माग गर्दै उजुरी दिने तयारी गरेको प्रमुख पाण्डेले बताए। अरूलाई सुरक्षासहित न्याय दिलाउन खटिएका राज्यका कर्मचारीबाटै आफूलाई जोडेर सामाजिक सञ्जालमा अभद्र व्यवहार हुनु दुखद भएको भन्दै कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्ने उनले बताएका हुन्।

जिल्लाको भीमसेन गाउँपालिकाको केन्द्र बगुवाबाट घ्याम्पेशाल सार्ने निर्णय मन्त्रिपरिषदबाटै पारितसमेत भइसकेको छ। बराम गोर्खा भीमसेन गाउँपालिका घर भई हाल कपिलवस्तुको विन्दावासिनी गण चनरौटामा कार्यरत रहेको स्रोतको दाबी छ। बरामले चलाउँदै आएको फेसबुकबाट कमेण्ट बक्समा ‘रिप’ लेखेर ३ माघ बुधबार पोस्ट गरेको पाण्डेले बताए।

यसअघि, पनि बरामले विभिन्न नकरात्मक क्रियाकलाप गरेर कारबाही भोगिसकेका छन्। बरामले गत दसैँका अवसरमा बगुवा सेवा समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा टेबल कुर्सी तोडफोड र वडा कार्यालयमा समेत ढुंगामुढा गरी कारबाहीमा परेका थिए।

तोडफोडपछि केही दिन फरार रहेका बरामलाई घ्याम्पेशाल प्रहरी चौकीले पक्राउ गरी क्षतिपूर्ति तिराएको थियो। माफीसमेत माग्न लगाई २० हजार रुपैयाँ क्षतिपूर्ति भराइएको थियो। जरिवानासहित उनी उक्त प्रहरी चौकीको रोहवरमा गल्ती नदोहोर्याउने सर्तमा छाडिएका गाउँपालिका प्रमुख पाण्डेले नै बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.