|

भारतलाई पहिलो पटक अल इङल्यान्ड च्याम्पियनसिपमा ताज जिताउने ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोण सोमबार सम्मानित भएका छन्। भारतीय ब्याडमिन्टन स‌ंघले उनलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गर्‍यो। 

भारतका उपराष्ट्रपति वेंकैया नायडुले प्रकाशलाई सम्मान प्रदान गरे। ‘प्रतिभाको सम्मान गर्नु भारतीय संस्कृति हो। प्रकाशलाई सम्मान दिन यसकारण आवश्यक थियो किनकी उनी लाखौं युवाका प्रेरणाका स्रोत हुन्। उनले पाएको सम्मानले युवा खेलाडीलाई समेत प्रोत्साह मिल्नेछ,’ सम्मान प्रदान गर्दै नायडुले भने। 

भारतीय ब्याडमिन्टन इतिहासकै सर्वाधिक सफल खेलाडीमध्ये एक प्रकाश चर्चित अभिनेत्री दिपिका पादुकोणका बाबु हुन्। उनले सम्मान पाइरहदाँ दिपिकासहित परिवारका अधिकांश सदस्य कार्यक्रममा उपस्थित थिए। दिपिका केही भावुक देखिएकी थिइन्। उनको आँखाबाट गर्व र खुसीको आँशु झरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.