रुपन्देही : प्रदेश ५ को प्रदेशसभा बैठक बस्दै छ। उद्योग वाणिज्य संघको सभाहललाई प्रदेश बैठकका लागि सजाइएको छ। प्रदेश प्रमुख उमाकान्त झाले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन्। सभा सञ्चालनको पूर्वअभ्यास सकिएको छ। काठमाडौंबाट आएको संघीय संसद्को सहजीकरण टोलीले कर्मचारी, मर्यादापालक, सभामुखलगायतलाई सहजीकरण गरिसकेको छ।
आजको प्रदेश बैठकको कार्यसूचीअनुसार सुरुमा ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश प्रमुखले बैठक आह्वान गर्न पठाएको पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ।
यस्तै, सभामुखको निर्वाचनका लागि माघ २७ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचनको मिति तोक्ने र दलीय प्रतिनिधित्वका आधारमा प्रदेश दलका एकाएक सदस्यलाई १० मिनेट मन्तव्य राख्ने समय दिइने भएको छ।
प्रदेश ५ को संसदमा ८७ सांसद छन्। यो प्रदेशका १२ जिल्लाबाट एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र राजपाका गरी ८७ सांसद छन्।
प्रदेश ५ को प्रदेशसभाको तयारी यसरी भइरहेको छ, हेर्नुहोस् भिडियो:
तपाईंको ईमेल गोप्य राखिनेछ ।