|

बुटवल : प्रदेश पाँचको पहिलो बैठकका लागि प्रदेशसभा भवन चिटिक्क पारिएको छ। भवन परिसर फूलले सजाइएको छ। संसद् भवन बाहिरपट्टि प्रदेश पाँचका १२ जिल्लाका ऐतिहासिक, पर्यटकीय स्थलहरुका तस्वीरले सजाइएको छ।

सभामुख बस्ने विशेष खालको कुर्सी राखिएको छ भने सांसदहरूका लागि नीलो रंगका कुर्सी राखिएका छन्। दर्शक र पत्रकारका लागि सेतो रंगका कुर्सी छन्। सांसद, दर्शक र पत्रकार बस्ने स्थानलाई बीचमा बार लगाएर छुट्याइएको छ।

सभामुख, सांसद, पत्रकार र दर्शक प्रवेश गर्ने ढोका पनि छुट्टाछट्टै छन्। संसद भवनबाहिर पिजन होल, सांसदको हाजिरी, स्वास्थ्य परीक्षण र मिडिया सेन्टरका छुट्टाछुट्टै कक्ष बनाइएका छन्।

संसद भवन परिसरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। नेपाल प्रहरीले संसद भवन क्षेत्रका लागि तालिम प्राप्त सुरक्षा टोली खटाएको छ।

आइतबार दिउँसो १ बजे सुरु हुने प्रदेशसभाको पहिलो बैठकको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.