|

रुपन्देही : प्रदेश ५ को पहिलो बैठक सुरु भएको छ। प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा १ बजे बैठक सुरु भएको हो।

प्रदेशसभाको बैठकलाई सभामुखका रुपमा ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले सञ्चालन गरिरहेका छन्। सुरुमा प्रदेश प्रमुखले बैठक सञ्चालन गर्न भनि पठाएको पत्र पढेर सुनाइएको छ।

आझको बैठकमा पाँचवटा कार्यसूची तोकिएका छन्।

अहिले दलका प्रतिनिधिहरुले बोलिरहेका छन्। सुरुमा नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रदेश ५ को संसदीय दलका नेता शंकर पोख्रेल बोलिरहेका छन्। त्यसपछि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिले बोल्ने कार्यसूची रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.