|

बुटवल : प्रदेश– ५ को सभामुखका लागि फागुन २ गते निर्वाचन हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकले फागुन २ गते प्रदेश सभामुखको निर्वाचन गर्ने तय गरेको हो। 

पहिलो बैठकको सुरुमा प्रदेश– ५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले शान्तिका अग्रदूत बुद्धको जीवनीसँग गाँसिएको पवित्रभूमि क्षेत्रमा सहभागी प्रदेशसभा सदस्यलाई स्वागत गर्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिणाम स्वरूप हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने ऐतिहासिक अवसर र जिम्मेवारी प्राप्त भएको भन्दै बधाई दिएका थिए। 

‘प्रदेश– ५ लाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समृद्ध बनाउने हाम्रो चाहना पूरा होस्’, उनले शुभकामना व्यक्त गर्दै भने। 

त्यसपछि बैठकमा उपस्थित पाँचवटा दलका प्रतिनिधिले सम्बोधन गरेका थिए। एमाले प्रदेश– ५ का संसदीय दलका नेता शंकर पोखरेल, माओवादी केन्द्रका कुलप्रसाद केसी, कांग्रेसका वीरबहादुर राना, संघीय समाजवादी फोरमका सहश्रराम यादव, राष्ट्रिय जनमोर्चाकी तारा जीसीले सम्बोधन गरेका थिए। 

सम्बोधनका क्रममा उनीहरूले प्रदेशलाई समृद्ध बनाउनका लागि सबैको साथ आवश्यक रहेको बताए। उनीहरूले अब प्रदेश समृद्ध बनाउने यात्रा सुरु भएको भन्दै त्यसतर्फ लाग्ने प्रतिबद्धता जनाए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.