|

काठमाडौं : बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि आइतबार १२ बजे रातिबाट मौन अबधि सुरु भएको हो। निर्वाचन आयोगले मौन अवधिभित्र राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका, राजनीतिक दलका प्रतिनिधि,नागरिक समाज र मतदाताहरूले कुनैपनि प्रकारका निर्वाचनसँग सम्बन्धित प्रचारप्रसारमा संलग्न हुन नपाउने जनाएको छ।

आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको र मौन अवधिभित्र निर्वाचन प्रभावित हुने कुनै पनि गतिविधि आयोग ढुक्क रहेको बताए।'आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ, यस अवधिलाई सबै जिम्मेवार निकायबाट पालना हुनेमा आयोग ढुक्क छ', प्रवक्ता ढकालले भने।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.