|

कञ्चनपुर :  पुनर्वास नगरपालिका–११ डोकेबजारबाट लागुऔषधसहित एक युवकलाई पक्राउ परेका छन्। प्रहरीले कैलाली गोदावरी नगरपालिका–५ का २३ वर्षीय लोकेन्द्र चौधरीलाई भारतीय सीमावर्ती बजारबाट मंगलबार साँझ पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट प्रहरी सहायक निरीक्षक मदनसिंह धामीको कमाण्डमा रहेको टोलीले  चौधरीको साथबाट रेक्सोजेसिक थान ७, फेरागन थान ७,डाइजापान थान ७ गरी जम्मा २१ एप्पुल बरामद गरेको छ। पक्राउ परेका चौधरीमाथि अनुसन्धानको भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.