|

  • धर्मराज  जिसी

सुर्खेत : प्रदेश ६ मा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान भइरहेको छ। दुई वटा बुथमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।

नगरपालिकाका प्रमुख उप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षका लागि एउटा बुथमा रातो रंगको मतपत्रमा मतदान गर्ने व्यवस्था गरिएको छ। यस्तै, प्रदेशसभा सदस्यहरूका लागि अर्को बुथमा हरियो रंगको मतपत्रमा मतदान गर्ने व्यवस्था मिलाईएको छ। बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ बताइएको छ।
प्रदेश ६ मा ५४ गाउँपालिका र २५ नगरपालिकाका प्रमुख र उप्रमुख १५८ जना र प्रदेशसभा ४० सदस्य गरी कुल १ सय ९८ जना मतदाता रहेका छन्। यस प्रदेशमा आठ पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.