|

दाङ : प्रदेश ५ को राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। परिणमअनुसार प्रदेश  ५ मा एमाले २, माओवादी २ र कांग्रेस  १ सिटमा विजयी भएका छन्। 

यस प्रदेशबाट दलिततर्फ एमालेका उम्मेदवार रामलखन चमार विजयी भएका छन्। चमारको मत ५ हजार ५०८ आएको छ। उनका प्रतिद्वन्द्वी कांग्रेसका मैकुलाल वाल्मीकिको मत २ हजार ३७० छ। 

यसैगरी अपांग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुँवर विजयी भएका छन्। कुँवरको मत ५ हजार ३४० छ भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लुटबहादुर खत्रीको मत भने २ हजार ५२० आएको छ। 

यसैगरी अन्य ३ पदमा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। एमालेबाट खिमलाल भट्टराईको मत ३ हजार ६, माओवादीबाट चन्द्रबहादुर खड्काको मत २ हजार २८० र कांग्रेसबाट दुर्गाप्रसाद उपाध्यायको मत २ हजार ४०१ रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

तीनै जना उम्मेदवारले ल्याउनुपर्ने मतभारभन्दा बढी मत पाएपछि विजयी भएको घोषणा गरिएको हो। यस प्रदेशबाट ३ महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी ५ सदस्य चयनका लागि मतदान भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.