|

काठमाडौं : यो हप्ताको शुक्रबारबाट अनमोल केसी स्टार फिल्म कृले आफ्नो प्रदर्शन आरम्भ गरेको छ। लगभग २ वर्षको अन्तरालपछि पर्दामा फर्किएका अनमोललाई हेर्न दर्शकको क्रेज राम्रै देखिन्छ। बहुप्रतिक्षित फिल्मको रूपमा हेरिएको कृले मल्टिप्लेक्स हलहरूमा पनि निकै राम्रो सोहरू पाएको छ।

कृमा अनमोलसँग नवनायिका अदिती बुढाथोकीले जोडी बाँधेकी छिन्। अनमोल र अदितीसँगै फिल्ममा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रूपा राणालगायतको मुख्य भूमिका रहेको छ।

सुपर काजल फिल्मस' र सुवास इन्टरटेन्टमेन्टको ब्‍यानरमा निर्माण भएको फिल्ममा भुवन केसी र सुवास गिरीको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन्। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्। फिल्मको निर्देशन पनि सुरेन्द्रले नै गरेका हुन्।

त्यस्तै, आजबाट बलिउडको प्रतिक्षित फिल्म 'प्याडम्यान' पनि प्रदर्शनमा आएको छ। अक्षयकुरमार अभिनित प्याडम्यानलाई आर बल्कीले निर्देशन गरेका छन्। फिल्ममा अक्षयकुमारसँगै राधिका अप्टेको पनि मुख्य भूमिका रहेको छ।

नेपाली फिल्म कृ र बलिउड फिल्म प्याडम्यान दुवै मल्टिप्लेक्स लक्षित छन्। त्यसैले पनि यो भिडन्तलाई नेपाली फिल्म भर्सेस बलिउड फिल्मको रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.