काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको समानुपातिकमा प्राप्त गरेको ४० सिटमा २० महिला र २० पुरुषको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले समानुपातिक तर्फको नामावली टुंगो लगाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वताए।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसबाट १ जना महिला उम्मेदवार पनि विजयी हुन सकेका थिएनन्। राष्ट्रियसभाको माघ २४ गतेको निर्वाचनमा भने कांग्रेसबाट १३ मभ्ये ६ जना महिला निर्वाचित भएका थिए।
कांग्रेसले खस-आर्य समूहबाट १२ जना, आदिवासी-जनजातिबाट ११ जना, मधेसीबाट ६ जना, दलितबाट ६ जना, थारुबाट ३ जना र मुिश्लमबाट २ जनाको नाम बन्दसूचीबाट छनोट गरेको हो। कांग्रेसले समानुपातिकमा पाएको जम्मा मतको ४ प्रतिशत पिछडिएको क्षेत्रलाई छुट्याउनु पर्ने संवैधानिक व्यवस्था भए पनि सो क्लस्टरमा परेका रामबहादुर विष्ट वा रंगमती शाही कसैलाई पनि सिफारिस गरेको छैन।
यी हुन् कांग्रेसबाट समानुपातिमा सिफारिस भएका नेताहरु:
खस\आर्य पुरुष
बालकृष्ण खाँड
दिलेन्द्रप्रसाद बढु
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे
खस\आर्य महिला
सुजाता कोइराला,
पुष्षा भुषाल
डा. डीला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा
आदिवासी-जनजाति पुरुष
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जीपछिरिङ लामा
दिव्यमणी राजभण्डारी
आदिवासी\जनजाति महिला
ज्ञानकुमारी छन्तयाल
प्रमिला राई
महेन्द्रकुमारी लिम्वु
हीरा गुरुङ
मीना सुब्बा
मधेशी पुरुष
विनाद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय
मधेशी पहिला
सीतादेवी यादव
चीत्रलेखा यादव
मीनाक्षी झा
दलित पुरुष
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली
दलित महिला
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली
थारु पुरुष
पद्मनारायण चौधरी
थारु महिला
पार्वता डिसी चौधरी
नमिताकुमारी चौधरी
मुस्लिम पुरुष
अतहर कमाल मुसलमान
मुस्लिम महिला
सर्वतआरा खानम
तपाईंको ईमेल गोप्य राखिनेछ ।