पार्टी एकता संयोजन समिति बैठक बस्दै

|

ललितपुर : पार्टी एकता र सरकार गठनबारे छलफल गर्न आकस्मिक रुपमा बसेको एमाले स्थायी कमिटी बैठक सकिएको छ।

ललितपुरस्थित एक व्यापारीको घरमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका गोप्य वार्तामा भएका सहमतिबारे ब्रिफिङ गरेका थिए।

अध्यक्ष ओलीले पार्टी एकतापछि दुई अध्यक्ष प्रणालीमा जाने जाने सहमति भएको बताएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए। उनले संसदीय दलको नेता र प्रधानमन्त्री एमालेबाट केपी शर्मा ओली हुने सहमति भएको बताए।

ब्रिफिङका क्रममा ओलीले प्रधानमन्त्री भने आलोपालो हुने सहमति गरेको बताएको पाण्डेले जानकारी दिए। सरकार गठन प्रक्रिया तत्काल सुरु गर्नका लागि पार्टी एकता प्रक्रिया आजै टुंग्याउने पक्षमा एमाले र माओवादी लागेको पाण्डेको भनाइ थियो।

पार्टी एकताका अन्य प्रक्रिया भने ओलीले पछि छलफलबाट टुंग्याउने सहमति भएको जानकारी गराएका थिए। अहिले ओली र प्रचण्डबीच एक्लाएक्लै छलफल भइरहेको छ। दुई नेताबीचको छलफल सकिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ।

पार्टी एकता संयोजन समिति बस्ने तयारी भएको छ। त्यसका लागि माओवादीबाट अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बैठकस्थलमा पुगेका छन्। एमाले नेताहरु भने पहिल्यैदेखि सोही स्थानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.