|

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिएको विज्ञप्तिमा राष्ट्रपति कार्यालयले त्रुटि गरेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालको हस्ताक्षर रहेको १२:३४ मा मिडियाहरुमा पठाइएको विज्ञप्तिमा २०७३ साल फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको उल्लेख छ। 

यस्तो थियो त्रुटि: 

'आज मिति २०७३ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री के. पी. शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।'

मितिमा त्रुटि भएको विज्ञप्तिको १० मिनेटपछि 'भूल सुधार गरिएको' भन्दै अर्को विज्ञप्ति जारी गरिएको थियो। भूल सुधार गरिएको भनिएको विज्ञप्तीमा उक्त मिति सच्याइएको छ।

सच्याइएको विज्ञप्ति:

'आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री के. पी. शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.