९ सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

|

काठमाडौं : विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि युएईले दिएको २७८ रनको लक्ष्य पछ्याइरहेको नेपालका कप्तान पारस खड्काले अर्धशतक बनाएका छन्। 

पारसले ७० बलमा ३ चौका ४ छक्काको मद्दतले ६३ रन बनाएर खेलिरहेका छन्। उनलाई शरद भेषवाकरले २८ रन बनाएर साथ दिइरहेका छन्। 

यो अर्धशतकसँगै खड्का लिस्ट ए मान्यता प्राप्त खेलमा ९ सय रन बनाउने पहिलो खेलाडी बनेका छन्।

नेपाल ताजा स्थितिमा १७२ रन बनाएर खेलिरहेको छ। १३ ओभरको खेल बाँकी छ भने नेपालको ३ विकेट पतन भएको छ। 

तेस्रो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरीलाई २७ ओभरको दोस्रो बलमा इमरान हैदेरले ३५ रनमा आउट गरेका हुन्। 

नेपालका ओपनिङ ब्याट्सम्यानद्वय ज्ञानेन्द्र मल्ल र दीलिप नाथ आउट भए। 

ज्ञानेन्द्र २४ र नाथ १३ रनमा आउट भएका हुन्। नाथलाई रोहन मुस्तफाले र मल्ललाई अमिर हायातले आउट गरेका हुन्। 

टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु २७८ रनको चुनौती पेश गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.