|
बीबीसी

इथियोपियाका प्रधानमन्त्री हेलमेरियम देसाल्नले पदबाट राजीनामा दिएका छन्। कारण नखुलाई प्रधानमन्त्री देसाल्नले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। देसाल्नले सत्तारुढ गठबन्धनको नेताको पदबाट समेत राजीनामा दिएका हुन्। 

महिनौँदेखि जारी सरकारविरोधी आन्दोलनपछि प्रधानमन्त्री देसाल्नले राजीनामा दिएका हुन्। सरकारविरोधी प्रदर्शनका क्रममा इथियोपियाका ओरोमिया र एम्हारामा १० जनाको मृत्यु भएको थियो भने कयौँ घाइते भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.