|

भक्तपुर : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन भक्तपुरको बालकोटस्थित उहाँको निजी निवासमा आउनेको भीड लागेको छ।

प्रधानमन्त्री ओली निवासमा नवनियुक्त मन्त्रीद्वय, प्रदेश मन्त्री, प्रदेशसभाका सभामुख, एमालेका केन्द्रीय नेता, सञ्चारकर्मी, कलाकार, व्यापारी, सुरक्षा निकायका उच्च ओहोदाका व्यक्तिलगायत प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन आएका थिए।

बिहान ७ बजेदेखि नै ओली निवासमा शुभेच्छुकको भीड लागेको थियो। बधाई दिन आउनेले घण्टौँ कुरेर लामबद्ध भएर प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए।

प्रधानमन्त्री निवासमा जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा पनि पुगेका थिए। ओलीलाई बधाई तथा शुभकामना दिन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानु श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेललगायत पनि आएका थिए।

त्यसैगरी प्रधानसेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरीका उच्चपदस्थ अधिकारी, कलाकार शिव श्रेष्ठलगायत, पत्रकार, लेखक विभिन्न संघसंगठनका पदाधिकारी एवं सर्वसाधारणको भीड लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरको बालकोटस्थित निजी निवासमा शुक्रबार बधाई तथा शुभकामना दिदै प्रदेश–३ का सांसद राजेन्द्रमान श्रेष्ठ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरको बालकोटस्थित निजी निवासमा शुक्रबार बधाई तथा शुभकामना दिँदै कलाकार शिव श्रेष्ठ।

प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा शुक्रबार बधाई तथा शुभकामना दिन आएका शुभेच्छुकले दिएको पुस्तक हेर्दै। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरको बालकोटस्थित निजी निवासमा शुक्रबार बधाई तथा शुभकामना दिन आएका शुभेच्छुकको भीड।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.