|

सुर्खेत : प्रदेश ६ को उपसभामुख नेकपा माओवादी केन्द्रकी पुष्पा घर्ती मगर हुने भएकी छन्। वाम गठबन्धनको भागबण्डाअनुसार माओवादीको भागमा परेको उपसभामुखमा घर्तीको मात्र उम्मेदवारी दर्ता भएको हो।

शनिबार दिउँसो एक बजे बस्ने प्रदेश ६ को प्रदेशसभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यक्रम रहेको छ। शुक्रबार भएको उपसभामुखको उम्मेदवारी मनोनयन कार्यक्रममा घर्तीको मात्र उम्मेदवारी परेको प्रदेश सचिवालयले जनाएको छ। घर्तीको उम्मेदवारीमा माओवादी सांसद धर्मराज रेग्मीले प्रस्तावक र मीनासिं रखालले समर्थक रहेका छन्।

सुर्खेतबाट समानुपातिक सांसद बन्नुभएकी घर्ती मगर माओवादी केन्द्रको पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा हुनुहुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.