|

काठमाडौं : नायिका ऋचा शर्माको निर्माण रहेको फिल्म 'सुनकेसरी'को ट्रिजर सार्वजनिक भएको छ। सार्वजनिक ट्रिजर निकै डरलाग्दो बनाइएको छ। ऋचाको अवतारले पनि दर्शकलाई तर्साउनेछ।

ऋचा र भीम न्यौपानेको लगानी रहेको यस फिल्मलाई अर्पण थापाले निर्देशन गरेका छन्। भीम केही समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन्। ऋचा र अर्पणको सहकार्यमा यसअघि 'आधा लभ' निर्माण भएको थियो।

अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको 'सुनकेसरी'मा ऋचा शर्मा, भीम न्यौपाने, रवीन्द्र झालगायतको अभिनय रहेको छ। फिल्म जेठ ११ गतेबाट प्रदशर्नमा आउँदै छ।

हेर्नुहोस् टिजर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.