|

काठमाडौं : शुक्रबारबाट प्रदशर्नमा आएको फिल्म ‘कान्छी’ले दर्शकको साथ पाएको छ। शुक्रबार करिब ८० प्रतिशत अकुपेन्सी रहेको फिल्मको शनिबारको अकुपेन्सी लगभग शतप्रतिशत छ। फिल्मले सबैहलहरूमा हाउसफुलको व्यापार गरिरहेको छ।

शनिबार हलहरूमा दर्शकको चाप देखिन्छ। मल्टिप्लेकक्स हलहरूमा पनि दर्शकको उल्लेखनीय साथ मिलिरहेको छ। काठमाडौंका जय नेपाल, कुमारी, सिभिल, लबिम, बीग मुभिज जस्ता मल्टिप्लेक्समा दर्शशको चाप राम्रै देखिएको छ।

त्यस्तै, सिंगल थिएटरहरू पनि सबै हाउसफुल छन्। बिहानको ११ बजेको शोमा काठमाडौंको गोपीकृष्णका दुईवटा पर्दा हाउसफुल थिए। वितरक गोपालकाजी कायस्थले भने ‘२ बजेको शोमा गोपी, ओम, नमः र शिवाय हल हाउसफुल छन्।‘ अष्टनारायण, गुण, गंगा हलहरूमा पनि दर्शककको उल्लेखनीय उपस्थिति रहेको छ।

फिल्मका प्रमुख कलाकार श्वेता, दयासँगै अभिनेता प्रज्जवल सुजल गिरी र निर्देशक आकाश अधिकारी शनिबार दिउँसो साढे १ बजे गोपीकृष्ण हल पुगेका थिए । दशर्कमाझ उनीहरूको क्रेज पनि राम्रै देखिएको थियो। दर्शकबाट पाउको साथबाट आफू एकदमै खुसी भएको निर्माता तथा नायिका श्वेता खड्काले बताइन्। उनले दर्शकको माझमा फिल्ममा समावेश गीत ‘चरी चट्ट परी’ गाउनसमेत भ्याइन्। त्यस्तै, दयाहाङ र प्रज्वलले पनि दर्शकलाई धन्यवाद दिए।

सामाजिक प्रेम कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा दयाहाङ राई र श्वेताकै मुख्य भूमिका रहेको छ। आकाश अधिकारी निर्देशित फिल्ममा कामेश्वर चौरासिया, आशान्त शर्मा, अनु शाह, भुमिका श्रेष्ठ, प्रज्वल सुजल गिरी, निर शाहलगायतको मुख्य भूमिका छ।

फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, शम्भुजित बास्कोटाको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व समावेश छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई वनीष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। 'काया फिल्मस्' र 'बुम रेमिट'को ब्यानरमा निर्माण भएको यस फिल्ममा शैलेश खड्का निर्माताका रूपमा रहेका छन् भने रविन खड्का सहनिर्माता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.