|

काठमाडौं : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा हालमसम्म चार सयको सफल मिर्गौला प्रत्यारोपण भएको छ। मानिसका विभिन्न अंग प्रत्यारोपण गर्ने उद्देश्यले सरकारले पाँच वर्षअघि स्थापना गरेको उक्त केन्द्रमा पहिलो चरणमा मिर्गौला प्रत्यारोपण सुरु गरिएको थियो।

‘पाँच वर्षअघि ०६९ माघ ६ बाट मिर्गौला प्रत्यारोपण सुरु गरेका थियौं,’ केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भने, ‘छाेटो अवधिमै केन्द्रले चार सय चार जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ।’

स्वास्थ्य सचिव डा‍. पुष्पा चौधरीले मिर्गौला रोगसम्बन्धी जनचेतनाका कारण पनि प्रत्यारोपण गर्ने मानिसको संख्या बढेको बताइन्। सचिव चौधरीले सरकारले मिर्गौला रोगीलाई हप्तामा तीनपटकसम्म गर्नुपर्ने नियमित डायलसिस तथा प्रत्यारोपणप्रति आकर्षण बढेको जानकरी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.